काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले सानदार प्रदर्शनका साथ २०१८ को इन्डियन प्रमियर लिग (अार्इपीएल) यात्रा टुंग्याएका छन् ।
अार्इपीएलकै र्इतिहासमा पहिलोपटक नेपाली खेलाडीका रूपमा सन्दीपलार्इ भारतीय क्रिकेट क्लब दिल्ली डेयरडेभिल्सले जारी सिजनका लागि अावद्द गरेको थियो । २० लाख भारतीय रूपैयाँमा दिल्लीमा अनुवन्धित सन्दिपलार्इ शुरूवाती प्रतिष्पर्धामा दिल्लीले मैदान उतारेको थिएन । तर, प्रतियोगितामा निरन्तर कमजोर प्रदर्शन गरेको दिल्लीले प्रतिष्पर्धाबाट बाहिरने लगभग निश्चित भएसँगै पछिल्ला खेलमा सन्दीपलार्इ खेलाएको थियो ।

सन्दीपको टोली दिल्लीले अार्इतबार बेलुकी अाफ्नो अन्तिम खेलमा अघिल्लो सिजनको अार्इपीएल विजेता सिजनको मुम्बर्इ इन्डियन्सलार्इ ११ रनअन्तरले हरायो । यो हारसँगै मुम्बर्इ पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
अघिल्ला दुर्इ खेलमा दुर्इ विकेट लिएका सन्दीपले मुम्बर्इ विरूद्दको खेलमा ३ विकेट लिए । पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सुर्यकुमार यादवको विकेट लिन सफल भए । आफ्नो दोस्रो स्पेलको पहिलो बलमै उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यान केरन पोलार्डको विकेट लिए । उनले आफ्नो ४ ओभरमा ३ विकेट लिंदै ३६ रन दिए ।
आफ्नो दोस्रो ओभरकै चौथो बलमा उनले क्रुनल पाण्डेयलाई आउट पारे । सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो । आफ्नो तेस्रो ओभरमा भने सन्दीप केही महँगो सावित हुँदै १३ रन दिन पुगे । आफ्नो अन्तिम ओभरमा कसिलो बलिङ गर्दै उनले केवल ४ रन दिए ।

टस जितेर व्याटिङ रोजेको दिल्लीका लागि रिसभ पन्तले ५४ रन जोडे । यस्तै, विजय शंकरले ४३ र ग्लेन म्याक्सवेलले २२ रन जोडे । दिल्लीले मुम्बर्इलार्इ १ सय ७५ रनकाे लक्ष्य दिएको थियो ।
तर, १ सय ६३ रनमै मुम्बर्इका सवै खेलाडी अल अाउट भए । दिल्लीका लागि सन्दीप, अमित मिश्रा र हर्सल पटेलले समान ३-३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया