आजको बजार : सुन घट्यो, चाँदी बढ्यो

लोकपथ
429
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ८ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १२ सय २५ रहेकोमा आज मूल्इ वृद्धि भइ १२ सय ३० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?