पीएसजीलाई पराजित गर्दै सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लोकपथ
962
Shares

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

Image

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काएपनि खेलमा फर्कन भने सकेनन् ।

यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहेको पीएसजीपनि नकआउट चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?