च्याम्पियन्स लिग : लिभरपुलको लगातार पाँचौँ जित

लोकपथ
234
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार पाँचौँ जित हात पारेको छ ।

बुधबार राति भएको समूह चरणकाे खेलमा एफसी पोर्टोलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार पाँचौँ जित हात पारेको हो ।

लिभरपुललाई जित दिलाउन थियागो अलाकान्टरा र मोहमद सलाहले एक एक गोल गरे ।

जितसँगै लिभरपुलले ५ खेलमा १५ अंक जोडेको छ । लिभरपुल यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?