पौडेल हत्या गर्ने कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

कास्की- अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा संलग्न  ६ जनालई जन्मकैदको फैसला गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आइतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?