रियल मड्रिड लगातार २५ वर्ष च्याम्पियन्स लिगको नकआउट चरणमा

लोकपथ
780
Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा एफसी सेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा आफ्नो स्थान पक्का बनाएको हो ।

रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे । जितसँगै रियल मड्रिड लगातार २५ वर्ष च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो ।

Image

यस जितसँगै समूह ‘डी’ को रियलले ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?