काठमाडौं । नेपाल बार एसोसिएसनले आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ । बारले आज दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया