मोदीलाई कुरा लगाउने मुख्यमन्त्रीलाई धक्का पुग्ने गरी आयो केपी ओली सरकारको निर्णय

काठमाडौं– सरकारले मन्त्रिपरिषद्कासबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।  आइतबार अबेर सम्पन्न क्याबिनेट बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले  बीमा संस्थानको प्रशासकमा  कविप्रसाद पाठक झापालाई नियुक्त  गर्ने निर्णय भएको समेत गरेको छ ।
मुख्यमन्त्रीलाई धक्का

यता केन्द्र सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।  राउत जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका नामको एनजीओको निम्तामा अमेरिका जाने तयारीमा थिए ।

तर मन्त्रिपरिषद्को  आइतबार बसेको बैठकले सो प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री राउतलाई भ्रमण पठाउने भनि प्रदेश मन्त्रिपरिषद्बाट आएको प्रस्ताव अस्वीकृत गर्ने निर्णय भएको बास्कोटाले जानकारी दिए ।

 अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को नीति, बजेट तथा कार्यक्रम निर्माण लगायतका संगठात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्न पर्ने समय परेकाले त्यस प्रस्तावलाई अस्वीकृत गरेको बास्कोटाले जानकारी दिए ।

उनले नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा नेपालको बेइज्जत हुने गरी मोदीकै अगाडी अभिव्यक्ति दिएका थिए |

यसैबीच  सरकारले जननेता मदन भण्डारीको नाममा करीब १२०० किलोमिटर लामो राजमार्ग बनाउने निर्णय पनि गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?