एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

लोकपथ
434
Shares

काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

स्थगित बैठक शुक्रबार बस्ने कि शनिबार बस्ने भन्नेबारे छलफल भइरहेको भए पनि निर्णय भने हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने निर्णय गरेको थियो । सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?