कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा तामाङ निर्वाचित

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले उनका प्रतिद्वन्दी मछिन्द्र प्याकुरेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

तामाङले ३७९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी प्याकुरेलले ३६२ मत ल्याएका छन् ।

सचिव पदमा ध्रुबप्रसाद ढकाल ४२६ मत र नवराज पाण्डे ३६३ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिव पदमा उत्तर लामाले ३४९, र राजकुमार आचार्यले ३१४ मत प्राप्त गरे।

यस्तै सहसचिव पदमा ४३५ मत प्राप्त गर्दै केदार प्रसाद रिमाल र ३८८ मत प्राप्त गर्दै गोबिन्द बहादुर तिवारी विजयी भए। सहसचिव पदमा नहकुल पाण्डेले ३२३ र प्रेमलाल श्रेष्ठले ३१२ मत प्राप्त गरे।

सोमबार सम्पन्न निर्वाचनको बुधवार बेलुकी नतिजा सार्वजनिक सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?