एमालेको महाधिवेशनमा १०० वटा भोटिङ मेशिनबाट मतदान गर्ने व्यवस्था

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको निर्वाचनमा एक सय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन)को व्यवस्था गरिएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी दिएको छ ।

नेकपा एमालेको मङ्सिर १० गते चितवनको नारायणी किनार आफ्नो १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै छ ।

१ सय मेशिनमध्ये ९२ वटा मेशिनहरू निर्वाचनका लागि प्रयोग हुनेछन् । त्यस्तै तीन वटा मेशिन भने नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि राखिने भएको छ ।

पाँच वटा मेशिनहरूभने स्ट्यान्डबाइ राखिने व्यवस्था मिलाइएको छ । मतदानका क्रममा कुनै मेशिनमा समस्या भए स्ट्यान्डबाइ राखिएको मेशिन प्रयोग गरिने छ ।

मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?