१८ मङ्सिर २०७८, शनिवार

१० औं महाधिवेशनले नेकपा एमालेको पुनरोदय हुन्छ : घनश्याम भुसाल

२०७८,मङ्सिर,८,बुधबार २०:११

234
Shares

काठमाडौं । नेकपा एमालेका उपमहाचिव घनश्याम भुसालले पार्टीको १० औं महाधिवेशनमा समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेलाई पुनरोदय गर्ने विश्वास गरेका छन् ।

पार्टीको १० औं महाधिवेशन नजिकिदै गर्दा भुसालले आज (बुधबार) एक सार्वजनिक अपील जारी गर्दै
विचार तथा सिद्धान्तको आधारमा एमाले अझ बढी एकताबद्ध भएर फेरि उठ्ने भरोसा लिएको जनाएका छन् ।

घनश्याम भुसालको अपील : 

मुलुकको नजर हामीमाथि छ : 

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढि एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरुको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रुपमा पुनस्र्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन् ।

कम्युनिष्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरुको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ । हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँ भरीका कम्युनिष्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताको पक्षधरहरुले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहान्छन् । सङ्क्षेपमा, मुलुक र दुनियाँले केहि भरोसा, केहि विश्वास र केहि आशाका साथ हामीलार्ई हेरिहरको छ ।

सङ्कट गहिरिँदै छ : 

सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थीरता हो । तर हामीले या त अस्थीरता या निरङ्कुशता पायौँ । करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिष्ट सरकार, पार्टी एकिकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थीरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैले कम्युनिष्ट पार्टीको बहुमतको संसद विघटन गर्‍यौं, एकिकृत पार्टी विभाजित गर्‍यौं, संघीय र प्रादेशिक सरकारहरु भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौँ । सबै राजनीतिक पार्टीहरु स्वार्थ केन्द्रित गुटबन्दीको भुवरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्यायव्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थीरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौँ : 

अगणित पूर्खाहरुले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारण्टी पनि सिद्धान्त हो : जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरुको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलार्ई ती गुटहरुको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यतः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् सङ्कटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली काङ्ग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ? नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो रु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ् भयो ? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नु पर्छ ।

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रतान्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । २०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौँ महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरुको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धी हो । स्मरण रहोस्, त्यहि निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । सङ्क्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनााउँछ ।

कहाँ छ त समस्या ?

हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौँ, कसरी लागु गर्छौँ जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो । त्यस्तो कार्यक्रम लागु गर्न पार्टीका केन्द्रिय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरुले के गर्छन् ? कसरी गर्छन् ? प्रादेशिक सरकार र स्थानीय सरकारहरुले के गर्छन् ? पार्टीका नीतिहरु कसरी बनाइन्छ ? कस्ता व्यक्तिहरु पार्टी सदस्यताका लागि योग्य हुन्छन् ?

 

 

 

प्रकाशित मिति: २०७८,मङ्सिर,८,बुधबार २०:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२