कतै तपाईँमा चिडचिडाहट त छैन ? भिटामिन डिको कमीले पनि हुनसक्छ

लोकपथ
1.3k
Shares

हाम्रो शरीरमा चाहिने धेरै किसिमका भिटामिनहरू मध्ये भिटामिन डिको भूमिका अलि बढी नै महत्त्वपूर्ण मानिन्छ । शरीरलाई महत्त्वपूर्ण मानिने भिटामिन डिले हाम्रो शरीरका हड्डी, दाँत र शरीरका मांसपेशीहरूलाई बलियो बनाउने काम गर्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार हाम्रो शरीरमा पर्याप्त मात्रामा भिटामिन डिको मात्रा भएको खण्डमा हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमता समेत बलियो हुन्छ । यसले अन्य रोगहरूसँग लड्ने क्षमता शरीरमा विकास गर्छ ।

भिटामिन डिको एउटा राम्रो स्रोत भनेको सूर्यको किरण नै मानिन्छ । बदलिँदो लाइफस्टाइलले गर्दा अहिले धेरै व्यक्ति लामो समय कोठामै बसेर काम गर्न थालेका छन् । सूर्यको किरणमा लामो समय नबस्दा अहिले धेरैलाई भिटामिन डिको कमी हुन थालेको छ ।

भिटामिन डिले हाम्रो मानसिक अवस्थालाई ठिक गरेर मानसिक तनावलाई कम गर्न मद्दत गर्छ । यदि शरीरमा भिटामिन डिको कमी भएमा मन तारनतार परिवर्तन भइरहन्छ, चिडचिडाहट पनि बढ्छ । यो भिटामिनले हाम्रो शरीरमा हुने थकानलाई पनि कम गर्छ । यदि शरीरमा भिटामिन डिको कमी भएमा जतिखेर पनि शरीर थकित भएको महसुस हुन्छ । शरीरका जोर्नीहरू दुख्ने, कुनै किसिमको घाउ भएमा निको हुन लामो समय लाग्ने, कपाल झर्ने, मांसपेशीमा पिडा हुने जस्ता लक्षणहरू भिटामिन डिको कमी शरीरमा हुँदा देखिने समस्या हो । त्यसैले आफ्नो मानसिक अवस्था देखि शरीरको क्षमतासम्म बढाउन पनि भिटामिन डि हाम्रो शरीरलाई अत्यावश्यक मानिन्छ ।

शरीरमा भिटामिन डिको कमी हुन नदिन स्वास्थ्य विशेषज्ञहरू बिहानको घाममा आधा घण्टा भन्दा बढी समय रहनुलाई उत्तम मान्छन् । यदि घाम तापेर भिटामिन डिको मात्रा शरीरमा पर्याप्त भएन भने केही खानेकुराहरूको सेवन गरेर पनि शरीरमा भिटामिन डिको कमी हुनलाई कम गर्न सकिन्छ ।

सुन्तला
सुन्तला भिटामिन डिको राम्रो स्रोत मानिन्छ । सुन्तलामा भिटामिन सी, फोलिक एसिड र पोटासियमको मात्रा प्रचुर हुन्छ । यसले शरीरमा भिटामिन डिको कमी हुन दिँदैन । सुन्तलाको रसले विभिन्न खनिज पदार्थलाई सोसेर हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । यो बाहेक सुन्तलाको रसले शरीरमा इनर्जी दिनुका साथै शरीरलाई बलियो समेत बनाउँछ । यदि दैनिक जसो शरीर थाकेको महसुस हुन्छ भने एउटा सुन्तला खानु राम्रो मानिन्छ ।

माछा
माछा पनि भिटामिन डिको राम्रो स्रोत मानिन्छ । चिल्लो बढी रहने माछामा ओमेगा थ्री फ्याट्टि एसिडको मात्रा हुने हुनाले यसको नियमित सेवनले मुटुलाई समेत राम्रो गर्छ ।

अण्डा
विभिन्न किसिमका पोषक तत्त्वले भरिपूर्ण रहेको अण्डा पनि भिटामिन डिको राम्रो स्रोत भएको खानेकुरा मानिन्छ । दैनिक एक अण्डा सेवन गर्ने हो भने ५ प्रतिशत भिटामिन डि प्राप्त हुन्छ ।

गाईको दूध
गाईको दूधमा पनि भिटामिन डि पाइन्छ । दैनिक एक गिलास गाईको दूध सेवन गर्ने हो भने शरीरमा पर्याप्त क्याल्सियम र भिटामिन डि प्राप्त हुन्छ ।

दही
दहीमा पनि भिटामिन डिको मात्रा प्रचुर हुन्छ । जसलाई गाईको दूध खान हुदैंन उनीहरूले दहीको सेवन गरेर पनि शरीरमा भिटामिन डि प्राप्त गर्न सक्छन् । दहीको सेवनले पाचन तन्त्रलाई समेत राम्रो गर्छ ।

भिटामिन डि पाइने खानेकुराहरू अरू पनि रहेका छन् । जसमा गाजर, मेवा, फर्सी, चीज, सखरखण्ड, ब्रोकाउली आदी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?