कांग्रेस महाधिवेशन : दाङको तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कहाँ को चुनिए ?

लोकपथ
364
Shares

दाङ । दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ४२२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गरे ।

क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गरे । सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी भए । त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भए ।

क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरे । यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?