काठमाडौं– आज साँझ सम्पन्न आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो ।
खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
यस्तै १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।
त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् । आईपीएलमा सन्दीपको यो तेस्रो खेल थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया