पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

लोकपथ
119
Shares

पाँचथर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी भएका छन्। प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । दाहालले भने ४१६ मत प्राप्त गरे । उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी भएका छन् । आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी भएका छन् । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गरेका छन् । यस्तै, सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी भएका छन् । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गरेका छन् ।

यस्तै, निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी भएका छन् ।

यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी भएका छन् । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?