यातायात व्यवसायी महासंघका उपाध्यक्ष प्रजापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

लोकपथ
945
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय निर्वाचनमा यातायात व्यवसायी महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न प्रतिनिधि सभा क्षेत्र अन्तर्गतको निर्वाचनमा काठमाडौं क्षेत्र ६ बाट प्रजापति महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

त्यसैगरी काठमाडौं क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी निर्वाचित भएका छन् ।

सोमबार देशका १४९ निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?