सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायाे ओपनिङ रेञ्ज ?

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेमा आज (सोमबार) सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सामलिङ्ग पावरको ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीले एसपीसी (SPC) सिम्बोल प्राप्त गरेको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

त्यसैगरी, न्यादी हाइड्रोपावरको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९४ रुपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीले न्यादी (NYADI) सिम्बोल पाएको छ ।

कम्पनीले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

दुवै कम्पनीको सेयर भोलि (बिहिबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?