सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

लोकपथ
468
Shares

काठमाडौं । आज (बुधबार) सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकममा पनि मंगलबारको तुलनामा थोरै सुधार आएको छ ।

आज कुल १३ उपसमूहमा १० समूहको सेयर मूल्य बढेको छ । बाँकी ३ वटा समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यो समूहको सेयर मूल्य १.४१ प्रतिशतले घटेको हो ।

आज मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कारोबार रकमको आधारमा नेपाल टेलिकमले अग्रता कायम गरेको छ । कम्पनीले आज २६ करोड १५ लाख ५६ हजार रुपैयाँको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?