सीट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही शुरु

काठमाडौं । सीट क्षमता भन्दा बढी यात्रु बोक्ने करीव डेढ सय माइक्रो बस तथा टेम्पोहरु कारवाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरीले आइतवारबाट उपत्यकामा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने सार्वजनिक यातायातका सवारी साधनहरुलाई कारवाही अभियान सञ्चालन गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले एकसय ८५ वटा सवारी साधनलाई कारवाही गरिएको बताए ।
कारवाहीमा पर्ने सवारी साधनहरुमा माइधmोबसका अतिरिक्त मिनीवस र टेम्पाहरु पनि रहेका छन् । त्यस्ता सवारी साधनहरुलाई ‘अन द स्पर्ट’ मा नै पाँचसय रुपियाँ जरिवाना लिई कारवाही गरिएको हो ।
प्रवक्ता मरासिनीले आजबाट सचेत गराउन कारवाही स्वरुप पाँचसय जरिवाना लिएपनि आगामी दिनमा भने सो जरिवाना बढ्न सक्ने बताए ।
यातायातक्षेत्रमा देखिएको सिण्डिकेट विरुद्धको कारवाही अभियान अन्तरगत नै ट्राफिक प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?