सचिवमा उठ्ने तयारी गरेको छु : योगेश भट्टराई

लोकपथ
286
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू १० औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने र अहिले नै माथिल्लो पदमा जान नखोजेको बताए ।

उनले भने, ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।’ उनले अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताए ।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोटतर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवनमा केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता आउने क्रम सुरु भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?