१८ मङ्सिर २०७८, शनिवार

कांग्रेस महाधिवेशन : काठमाडौंका सभापति बानियाँ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी

२०७८,मङ्सिर,८,बुधबार १३:२३

8.451k
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी हासिल गरेका छन् ।

सोमबार भएको निर्वाचनमा बानियाँले काठमाडौं क्षेत्र नं ६ बाट २२८ मतसहित विजयी हासिल गरेका हुन् । बानियाँले खुला तर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । खुला तर्फबाट १० जना छनोट हुनुपर्नेमा बानियाँँ पहिलो मतका साथ विजयी भएका हुन् ।

आफ्नो ४ वर्षे कार्यकाल सफल रुपमा समापन गरी पुनः काठमाडौं कांग्रेसको नेतृत्व गर्न तयारी गरिरहेका छन् । संस्थापन इतरबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन लागेका बानियाँँ काठमाडौंमा आफ्नो प्रभाव राख्न सफल नेता मानिन्छन् ।

तर धेरै जिल्लाहरुमा जिल्ला सभापतिको उम्मेदवारहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यता स्याङ्जामा भने संघीय सांसद मोहन पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार देशका १४९ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । देशभरबाट क्षेत्रीय अधिवेशनको मत परिणाम आउने क्रम जारी छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,८,बुधबार १३:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६