सल्यानमा यात्रुबहाक बस दुर्घटना: ४३ घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ । 

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना३ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक छ । 

बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

सल्यानका डीएसपी भरतबहादुर बिकका अनुसार गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?