जनमोर्चाले देशव्यापी संगठन विस्तारका लागि एक महिने कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी असार १ गतेदेखि साउन मसान्तसम्म देशव्यापी संगठन विस्तार गर्ने भएको छ । 

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संगठन विस्तारका लागि एकमहिना देशव्यापी कार्यक्रम तय गरेको बताए । 

अध्यक्ष केसीले आइतबार विज्ञप्ति जारी गर्दै संगठन विस्तारका लागि कार्यकारी अध्यक्ष रश्मीराज नेपाली संयोजक रहेको केन्द्रीय प्रचार समिति गठन गरेको जनाएको छ ।  

त्यस्तै प्रचार समितिमा दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, बासुदेव पोख्रेल र मिना पुन रहेका छन् ।

यसैगरी जनमोर्चाले संगठन विस्तारका लागि एउटा जिल्लामा कम्तिमा पनि एउटा सभाको कार्यक्रम र कुनै जिल्लामा दुई र तीन ठाउँमा समेत सभा वा पत्रकार सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?