आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
1.4k
Shares

काठमाडौं । आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेर छापावाला सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।

आज चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?