बायर्नसँग डाइनामो किभ पराजित

लोकपथ
260
Shares

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बायर्नले डाइनामो किभलाई २-१ गोल अन्तरल पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले समान एक एक गोल गरे । किभका डेनिस हरमासले एक गोल फर्काए पनि खेलमा फर्कन भने सकेनन् ।

यससँगै बायर्नले समूह चरणमा लगातार पाँचौं जित निकालेको छ । बायर्न १५ अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

बायर्नले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । किभ १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?