म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

लोकपथ
611
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २-० ले पराजित गर्दै युनाइटेड अन्तिम १६ मा पुगेको हो ।

भिल्लाको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले समान एक–एक गोल गरे ।

खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । योसँगै रोनाल्डोले आफ्नो खेल करिअरमा ७ सय ९९ सय गोल पूरा गरेका छन् । खेलको ९०औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

Image

जितसँगै समूह एफको युनाइटेडले ५ खेलमा १० अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानमा रहेको छ ।

भिल्ला ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?