रहेनन् बास्केटबल संघका पूर्वअध्यक्ष टेण्डी शेर्पा

लोकपथ
377
Shares

काठमाडौं । नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ्य रहेका ५० वर्षीय शेर्पाको बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए ।

शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वमहासचिवसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?