काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।
एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आज पहिलो पटक मन्त्रिपरिष बैठक बस्न लागेको हो ।
बैठक आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुने छ ।
सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया