देउवा पक्षसँग झडप भएको रुपन्देही २ मा पौडेल पक्ष विजयी

लोकपथ
273
Shares

रूपन्देही २ मा रामचन्द्र पौडल पक्षका हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मतान्तरले पार्टीको संस्थापन ईतर समुहका लम्साल विजयी भएका हुन्।

लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।
गएराति यो क्षेत्रमा मतगणना जारी रहँदा पौडेल पक्षका नेतामाथि हातपातका साथै दुई पक्षीय झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?