कांग्रेस मुख्यसचिव महाधिवेशन प्रतिनिधिमा पराजित

लोकपथ
182
Shares

नेपाली कांग्रेसका मुख्यसचिव महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौ क्षेत्र नम्बर ७ बाट कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका मुख्यसचिव कृष्णप्रसाद पौडेल पराजित बन्न पुगेका हुन् । उनले खस आर्य पुरुषतर्फबाट आफ्नो उम्मेदवारी दिएका थिए ।

सो क्षेत्रबाट नेविसंघ पूर्वमहामन्त्री सरोज थापा , आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डेसमेत पराजित भएका छन् ।

७ नम्बर क्षेत्रबाट धर्मराज अर्याल, सुशील भट्ट, नवराज चापागाईँ, प्रमोदहरि गुरागाईं प्रशान्तमान सिंह मास्के, विजय बहादुर माली, मनोज राना, राजिव श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र सविन तामाङ महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् भने सो क्षेत्रको सभापतिमा मुकुन्द रिजाल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?