महाधिवेशनका लागि एमालेले ११ सदस्यीय अध्यक्षमण्डल बनायो

लोकपथ
427
Shares

एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल बनाएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।

नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरीबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । यससँगै एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?