गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश

लोकपथ
572
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजबाट १५औं वर्षमा प्रवेश गरेको छ । बैंक आज (मंसिर ७गते) आफ्नो स्थापना कालको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको हो ।

वार्षिक उत्सवको अवसरमा बैंकले यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभचिन्तकहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै ६७.१६ अर्ब रुपैयाँ निक्षेप संकलन र ६१.२१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । बैंकले यो वर्ष पनि निम्नलिखित कार्यक्रमहरु सम्पन्न गरेको छः

१. रक्तदान कार्यक्रम : रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिँदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंजलगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ।

२. शाखा कार्यालयहरुको कारोबार शुभारम्भ : निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५औं वार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्काशाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यससँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?