नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच सम्झौता

लोकपथ
299
Shares

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारे मिट कम्पनीसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् । रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्नेछन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यातवालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।

बैंकले आफ्ना रेमिटेन्स/विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषतासहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्रमार्फत् सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्नेछ ।

साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाको बारेमा उल्लेख गरे । उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानीग र्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरु दुवैले विशेष जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?