१४ मङ्सिर २०८०, बिहीवार

घाँटीमा प्वाल परेको गैँडा भेटियो

२०७४,आश्विन,२४,मंगलवार १५:२४

0
Shares

चितवन २४ असोज – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँटीमा प्वाल परेको अवस्थामा एउटा घाइते गैँडा फेला परेको छ ।अन्दाजी १५÷२० वर्षको जस्तो देखिने पोथी गैँडा घाइते अवस्थामा भेटिएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार अर्काे गैँडाले हानेर घाँटीमा प्वाल परेको अवस्थामा गैँडा देखिएकाले उपचार थालिएको छ ।अर्काे गैँडाको सिङले घाँटीमा उनेको जस्तो देखिएको बताउँदै घाउमा पिप बगिरहेको अवस्थामा केही दिनअघि सो गैँडा फेला पारिएको उहाँले बताउनुभयो । “निकुञ्जका चिकित्सक र पशु प्राविधिज्ञहरुको टोलीले उपचार थालेका छन्”, कँडेलले भन्नुभयो, “उपचार सफल हुने आशा छ ।”उक्त गैँडाको घाँटीसँगै करङ र खुट्टामा समेत चोट देखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । घाँटीको श्वासनलीसम्मै असर परेको छ । गैँडालाई डाट गरेर बेहोस बनाई एन्टिबायोटिक, भिटामिन र मिनरल दिइएको छ । घाइते भएपछि आहालमा मात्रै बस्दै आएको गैँडा अहिले हिँड्डुल गर्न थालेको जनाइएको छ ।निकुञ्जको सेना र बाघमारा मध्यवर्ती सामुदायिक वनका कर्मचारीले गैँडाको निगरानी गरिरहेका छन् ।यसअघि गएको भदौ अन्तिम साता चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज सामुदायिक वनमा भाले गैँडाले हानेर अर्काे भाले गैँडाको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ ।अघिल्लो वर्ष पनि गैँडाले हानेर गैँडाको मृत्यु भएको थियो । चितवन निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैँडा रहेको तथ्याङ्क छ ।अघिल्लो वर्ष निकुञ्जमा विभिन्न कारणले २५ गैँडा मरेको थियो । चालु आवमा पनि नौवटा गैँडा विभिन्न कारणले मरिसकेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८