स्याङ्जाका सांसद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित

लोकपथ
2.5k
Shares

काठमाडौं । स्याङ्जाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन पाण्डे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशनमा सांसद पाण्डे प्रतिनिधिमा पराजित भएका हुन् ।

गण्डकी प्रदेशमा रामचन्द्र पौडेलले विश्वास गर्ने पात्र मध्येका पाण्डे २०७४ सालमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट सांसद भएका थिए ।

पौडेल पक्षका नै भएपनि पौडेल पक्षकै कार्यकर्ताहरुले पाण्डेलाई असहयोग गरेको एक नेताले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार प्रदेश सभा सांसदहरु भगत प्रकाश मल्ल, विष्णु पौडेल लगायतको जिल्लामा प्रभुत्व भएको र त्यसैले उनलाई असहयोग भएको ती नेताको दाबी रहेको छ ।

पाण्डेले पाएका अवसरहरु आफैले मात्र उपभोग गर्ने गरेको कार्यकर्ताहरुको आरोप रहेको छ । त्यस्तै सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरु नै पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर र पूर्वमहामन्त्री सरोजकुमार थापा पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?