काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गरे।
यस्तै, सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी भएका छन् । यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी भएका छन्।
महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित भएका छन्।
आदिवासी जनजाति महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित भएका छन् । यसअघि अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाति पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाति पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया