मकवानपुरका अवैद्य क्रसर बन्द गराउन प्रहरी सक्रिय

हेटाैंडा : नवीकरण नभएपनि जिल्ला समन्वय समितिका कर्मचारी र स्थानिय प्रशासनको मिलेमतोमा संचालनमा रहेका मकवानपुरका क्रसर उद्योग बन्द गराउन प्रहरीले सक्रियता देखाएको छ । 

मकवानपुरमा भर्खरै अाएका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्टको नेतृत्वमा अवैद्य क्रसर उद्योग बन्द गर्न थालिएको हो ।  नवीकरण विनै क्रसर उद्योगहरु संचालनमा रहेको र विधुतको रकम समेत नतिरेको पाइएकाले बन्द गरिएको प्रहरी उपरिक्षक श्रेष्टले जानकारी दिए । 

प्रहरी खटाएर सवै क्रसर उद्योगका कागजातहरु ल्याउन निर्देशन दिइएको बताउँदै प्रहरी उपरिक्षक श्रेष्टले भने ''गैर कानुनी ढंगले क्रसर उद्योगहरु संचालन गर्न मिल्दैन, उद्योग बन्द गराउन जनगुनासो अार्इरहेको छ, नवीकरण गरि कानुनअनुसार उद्योग चलाउन पार्इन्छ, तर अवैध उद्योग बन्द गर्न हाल कागजपत्र संकलन भर्इरहेको छ ।''

अबैधानिक ढंगले क्रसर उद्योग संचालन गर्ने र बिधुतको महसुल समेत नतिरेको पाइएकाले प्राधिकरण संग र स्थानियतहसंगको सहकार्यमा क्रसर उद्योग बन्द गरिएको प्रहरी उपरिक्षक श्रेष्टले बताए । क्रसर उद्योगको मापदण्ड, अरु सबै कागजातहरु लिएर आउनका लागि क्रसरलाई निर्देशन दिइएको छ । नबिकरण बिनाका क्रसर उद्योगहरु बन्द गरे संगै अरु तीन वटा बालुवा उत्पादन गर्ने उद्योग पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले जानकारी दिए। 

हेटौंडा १४ मयुरधाप, हेटौंडा १६ हटिया र बकैयाको हात्तिसुढेमा रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग हाललार्इ बन्द गरिएको छ। बालुवा उद्योगको आफ्नै मापदण्ड रहेको छ । त्यो मापदण्ड कसैले पनि पुरा नगरेकाले बन्द गरिएको हो । स्थानिय तहसंगको सहकार्यमा क्रसर उद्योगहरु बन्द गरिएको हो । मकवानपुरका नबिकरण नभएका क्रसर उद्योगहरुलाई प्रशासन र समन्वय समितिको मिलेमहतोमा अनाधिकृत रुपले खोला उत्खनन् गर्न दिएर क्रसरको प्राङगनमा नदिजन्य सामाग्रीहरु थुपारिएको छ ।

खोला उत्खनन्को बिषयमा स्थलगत अनुगमन समितिले नबिकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, क्रसर उद्योगमा थुपारीएका ढुङगा, गिट्टी, वालुवाहरु जफत गर्नुपर्ने, क्रसर उद्योगमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानिय प्रशासनलाई दिएको छ । त्यसको ठिक बिपरित खोला उत्खनन् गरिएपछी अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारीलाई अहिले पनि अनुसंधान गरिरहेको छ ।

प्रशासनको चाला बुझ्नै गाह्रो 
क्रसर उद्योगहरु बन्द गर्ने बिषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले स्थानीय तहसँग समन्वय गर्न प्रहरीलार्इ निर्देशन दिएका छन् । समन्वय गरेर स्थानीय तहको मागअनुसार बन्द गर्ने या खोल्नेबारे निर्देशन दिर्इएको बुढाले बताए । हाल बन्द भएका क्रसर उद्योगबारे अाफुलार्इ कुनै जानकारी नभएको उनले प्रतिक्रिया दिए ।  

प्रहरीको निर्देशन पछि आफुहरुले क्रसर उद्योग बन्द गरेको उद्योगीहरुले बताएका छन् । उद्योग बन्द भएपछी विकास निर्माणका कामहरु प्रभावित हुने बताउँदै क्रसर ब्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्कीले लिखीत रुपमा क्रसर बन्द गर्नु नभनिएको र मौखिक रुपमा मात्र भनिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?