ओलीको दाबी : ‘सार्वजनिक यातायातले बोक्न सकेको जति मान्छे महाधिवेशनमा ल्याउँछौँ’

लोकपथ
624
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी १० औँ महाधिवेशनमा देशभरबाट व्यापक मानिसहरुको उपस्थिती हुने दाबी गरेका छन् ।

आज महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशभरबाट सार्वजनिक यातायातले बोक्न सकेको जति मानिसहरु महाधिवेशनमा उपस्थित हुने जिकिर गरे ।

सञ्चारकर्मीले महाधिवेशनमा पार्टीले खर्चको व्यवस्थापन कसरी गर्छ भन्ने प्रश्नको उत्तर दिँदै अध्यक्ष ओलीले पार्टी सदस्य संख्या धेरै भएकोले धेरै खर्च लाग्ने समेत बताए ।
‘ठूलो परिवार भएपछि खाना खर्च नै ठूलो हुन्छ । सार्वजनिक यातायातले बोक्न सक्ने मान्छे बाँकी रहँदैन । हिडेर आउन नसक्नेहरुको कुरा भएन । मञ्च व्यवस्थापन विशाल नै हुन्छ ।’ ओलीले भने ।

त्यस्तै आफूहरुले ८ लाख पार्टी सदस्यहरुबाट एक सयका दरले उठाएको पैसा नै महाधिवेशन खर्च हुने ओलीले बताए ।

एमालेको आगामी १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?