सेयर बजारमा ३२.२९ अंकको गिरावट

लोकपथ
78
Shares

काठमाडौं । आज (मंगलबार) सेयर बजार ओरालो लागेको छ । बजार खुलेको सुरुदेखि नै घटेको बजारमा अन्तिमसम्म ३२ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको छ । आज नेप्से १.१७ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५१५.४८ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा एउटा समूहको मात्र सेयर मूल्य बढेको छ । आज अन्य समूहको सेयर बढेको हो । १२ वटा समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो समूहको सेयर मूल्य ३.५ प्रतिशतले घटेको हो ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?