कांग्रेस अधिवेशन : काठमाडौं क्षेत्र नं ३ मा आज निर्वाचन हुँदै

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको १० औँ महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ मा मंगलबार क्षेत्रीय अधिवेशनको निर्वाचन भइरहेको छ ।

सोमबार देशका कुल १६५ मध्ये १४९ स्थानमा निर्वाचन हुने भनिएकोमा १२५ स्थानमा मात्रै निर्वाचन भएको थियो ।
विवादका कारण देशका धेरै निर्वाचन क्षेत्रमा निर्वाचन हुन नसकेको र आज निर्वाचन भइरहेको नेपाली कांग्रेसका कार्यालय सचिव केशव रिजालले लोकपथलाई जानकारी दिए । ‘सोमबार १४९ निर्वाचन क्षेत्रमा महाधिवेशन हुन भनिए पनि १२५ निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन भएको थियो । सामान्य विवादका कारण रोकिएका ठाउँमा निर्वाचन आज हुँदैछ । ’

सोही क्रममा काठमाडौं क्षेत्र नं ३ को निर्वाचन आज हुन लागेको हो । सोमबार निर्वाचन हुने भनिए पनि सामान्य विवादका कारण निर्वाचन रोकिएको र आज निर्वाचन भइरहेको निर्वाचन अधिकृत महेश्वर भण्डारीले लोकपथलाई जानकारी दिए । ‘यहाँ सामान्य विवादका कारण सोमबार निर्वाचन हुन सकेको थिएन । आज भने यहाँ सौहार्दपूर्ण रुपमा निर्वाचन भइरहेको छ । ’ भण्डारीले लोकपथसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?