काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनमा नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सोमबार भएको निर्वाचनमा नेविसंघकी महामन्त्री महेश्वरी कुँवर र पूर्वमहामन्त्री सरोजकुमार थापा महाधिवेशन प्रनिनिधिमा पराजित भएका हुन् ।
महामन्त्री कुँवर पाल्पा क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । खुला महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी उनले ३१४ मत प्राप्त गरेकी थिइन् ।
त्यसैगरी नेविसंघका पूर्वमहामन्त्री थापा काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सोमबार थापाले २५० मध्ये ३५ मत मात्रै प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया