कांग्रेसभित्र बहुपदीय बहस

काठमाडौं- भर्खरै पदाधिकारीको पूर्णता पाएको प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुपदीय प्रणालीमा जाने बहस थालेको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने कसरतमा कांग्रेस जुटेको हो ।

१३औं महाधिवेशनपछि विभिन्न गुट र उपगुटमा विभक्त कांग्रेसभित्र पार्टीलाई एकढिक्का भएर अघि बढेको सन्देश दिन र संगठनलाई बलियो बनाउन भन्दै पदाधिकारीमा संख्या थप्नेबारे बहस थालिएको हो ।

हाल कांग्रेस विधानमा निर्वाचित सभापति एक, एक महामन्त्री र कोषाध्यक्ष तथा मनोनीतमा एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीन जना रहने व्यवस्था छ ।

यसरी पदाधिकारी संख्या बढाउँदा कम्तीमा कुल तीन जना उपसभापति, तीन महामन्त्री र प्रदेशअनुसार एक–एक सहमहामन्त्री गरी सात जना राख्नुपर्ने बहस थालिएको हो । यसरी पदाधिकारी संख्या थप गर्दा केन्द्रीय सदस्यहरूको संख्यासमेत कायम संख्यामा ४० प्रतिशत बढाउने विषयमा छलफल चलेको कांग्रेस स्रोतले बतायो ।

नेता मीन विश्वकर्माले पार्टीभित्र पदाधिकारी संख्या बढाउने विषयमा आन्तरिक छलफल चलेको बताए, आजको राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?