काठमाडौं । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तवा निर्वाचित भएका छन् । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए । बान्तवाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।
तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया