एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङको दाबी

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य नेम्वाङले चुनाव हुने अवस्था आएमा आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताए । आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँदै नेता नेम्वाङले आफूलाई तयारी अवस्थामा राखेको बताए ।

एमालेको आगामी १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा रहेको एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?