१६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ९ सय रहेको थियो । भने आज तोलामा १६ सयले कमी आइ प्रतितोला छापावाला सुन ९२ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १२ सय ७० रहेको थियो भने मूल्य गिरावट आइ १२ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?