काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डँडेलधुरामा नेपाली कांग्रेसको सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न डँडेलधुराको ७ औँ जिल्ला अधिवेशनबाट साउद निर्वाचित भएका हुन् ।
जिल्लाको परशुराम नगरपालिकाको मेयर समेत रहेका साउदले उनका निकटतम प्रतिद्धन्द्धी चुडामणी ठकुराठीलाई ६५८ मतले पराजित गर्दै प्यानल नै विजयी भएका हुन् । त्यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी निर्वाचित भएका छन् । भने सहसचिवमा गोविन्दबहादुर बोहरा र प्रेमराज महर निर्वाचित भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
यता निवर्तमान सभापति कर्ण मल्लसहितका नेताहरु भने क्रियाशील सदस्यतामा धाँदली भएको भन्दै अनसनरत रहेका छन् । जिल्लामा पुनः निर्वाचन गर्नुपर्ने मागसहित मल्लसहितको टोली पार्टी कार्यालयमा अनसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया