कांग्रेस महाधिवेशन : काठमाडौं क्षेत्र नं ७ को सभापतिमा रिजाल विजयी

लोकपथ
2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल विजयी भएका छन्।

काठमाडौं वडा नं १६ का वडाअध्यक्षसमेत रहेका रिजालले सोमबार भएको मतदानमा २०४ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै उनका प्रतिस्पर्धी मनोहरी तिवारीले भने ५० मत ल्याएका छन् । रिजाल संस्थापनइतरबाट विजयी भएका हुन्।

त्यस्तै, सचिवमा सृजना वुर्लाकोटी अर्याल १७६ मत ल्याएर विजयी भएकी छिन् भने सहसचिवमा दिलिप अधिकारी १६१ मत ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी रिजालको प्यालनबाट नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशिल भट्ट लगायत महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

रिजाल संस्थापन इतरबाट क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?