नवलपरासीमा मोटरसार्इकल दुर्घटना, ३ जनाको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाइकलसँग सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४ का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?