एमालेको स्थायी कमिटी बैठक बस्दै

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।

आगामी महाधिवेशनका विषयमा छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । यसअघि सोमबार (हिजो) बैठक बोलाइएकोमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

बैठकमा महाधिवेशनकेन्द्रित विषयमा छलफल हुने र ५ प्रतिशत प्रतिनिधिहरु मनोनित गर्ने विषयमा समेत छलफल हुनेछ । एमालेको विधानअनुसार आगामी महाधिवेशनका लागि १९९९ जना प्रतिनिधिहरु हुनेछन् भने सो प्रतिनिधिले २३५ जनाको केन्द्रीय कमिटी छनोट गर्नेछ ।

एमालेको १०औँ महाधिवेशन यही मंसिर १० गतेबाट १३ गतेसम्म चितवनमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?